980000000 janamatparty@gmail.com

Leadership

Party Leadership Profiles and Message

जीवनी

जनमत पार्टीको अध्यक्ष डा. सी. के. राउत हुनुहुन्छ ।

शिक्षक पिता तथा गृहिणी माताको कान्छो सन्तानको रुपमा सप्तरी जिल्लाको महदेवा गाउँको एउटा गरिब परिवारमा जन्मनु भएका डा. राउतको प्राथमिक शिक्षा आफ्नो गाउँकै श्री राष्ट्रिय प्राथमिक विद्यालयबाट भएको हो भने माध्यमिक शिक्षा नजिकैको श्री लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय वभनगामा कट्टी, सप्तरीबाट भएको हो । तत्पश्चात् काठमाडौं स्थित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसबाट डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ र सोही ठाउँबाट ब्याचलर इन इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ‘यूनिवर्सिटी टप’ गर्दै डिग्री हासिल गर्नुभएको हो । त्यसपछि जापान सरकारको छात्रवृत्ति पाएर जापानको टोकियो विश्वविद्यालयबाट मास्टर्स इन इन्फरमेशन टेक्नोलोजी डिग्री लिँदै छात्रवृत्ति मैं बेलायतको कैम्ब्रिज यूनिवर्सिटीबाट उहाँले इन्फरमेशन इन्जिनियरिङमा पिएच.डी. हासिल गर्नुभएको छ । पढाइपश्चात् उहँ संयुक्त राज्य अमेरिकामा वरिष्ठ वैज्ञानिकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ युवा इन्जिनियरिङ पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ् एकाडेमिक एचिवमेन्ट अवार्ड जस्ता थुप्रै सम्मानहरूबाट विभूषित हुनुहुन्छ । उहाँले करिब दुई दर्जन देशको भ्रमण गर्नुभएको छ । उहाँ ‘वैरागदेखि बचावसम्म’ र ‘मधेश का इतिहास’ सहित करिब आधा दर्जन किताबका लेखक पनि हुनुहुन्छ ।

कुनै बेला सबै कुरा परित्याग गरेर योगी बन्न गेरुआ वस्त्र धारण गर्दै हिँड्नु भएका डा. राउत अन्ततः समाजसेवाको लागि आफनो जीवनलाई अर्पित गर्न अमेरिकामा करोड़ भन्दा बढी तलब रहेको वरिष्ठ वैज्ञानिकको जागिरबाट राजीनामा दिएर आफ्ना सबै सुखशयल छोड्दै २०६८ सालमा घर फर्किनुभयो । त्यसपछाडि बुद्ध र गान्धीको अहिंसात्मक सिद्धान्तलाई अनुशरण गर्दै गाउँ–गाउँ गएर धूलो–हिलोमा हिँड्दै आमजनताको बीचमा बसेर उहाँले सीमान्तकृत वर्गको हक, हित र अधिकारको लागि आवाज उठाउँदै आउनुभएको छ ।

सोही कारणले नेपाल सरकारद्वारा करिब दुई दर्जन पटक पक्राऊ पर्नुभएका डा. राउत जनताका लागि महिनौंसम्म जेलमा कष्ट यातना समेत भोग्नुभयो । प्रहरी दमनमा परेर उहाँको खुट्टा मात्रै भाँचिएन, उहाँमाथि सांघातिक हमला पनि भयो, तर उहाँले दमनको प्रत्युत्तरमा प्रहरी र दमनकारीहरूलाई पुष्प दिने ‘फूल आन्दोलन’को घोषणा गर्नुभयो ।

जनमत पार्टीको माध्यमबाट भारी जनमत हासिल गरेर नै जनताको वास्तविक सार्वभौमसत्ता र जनता–राज स्थापित गर्न सकिने र समाजमा आमूल परिवर्तन ल्याउन सकिने विश्वासका साथ उहाँ अहोरात खटिनुभएको छ ।

जनता-प्रथम र जवाफदेहीपन

समावेशी संघीयता र न्याय

शिक्षा, स्वास्थ्य र रोजगारी