अध्यक्ष
जनमत पार्टीको अध्यक्ष डा. सी. के. राउत हुनुहुन्छ ।शिक्षक पिता तथा गृहिणी माताको कान्छो सन्तानको रुपमा सप्तरी जिल्लाको महदेवा गाउँको एउटा गरिब परिवारमा जन्मनु भएका डा. राउतको प्राथमिक शिक्षा आफ्नो गाउँकै श्री राष्ट्रिय प्राथमिक विद्यालयबाट भएको हो भने माध्यमिक शिक्षा नजिकैको श्री लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय वभनगामा कट्टी, सप्तरीबाट भएको हो । तत्पश्चात् काठमाडौं स्थित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसबाट डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ र सोही ठाउँबाट ब्याचलर इन इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ‘यूनिवर्सिटी टप’ गर्दै डिग्री हासिल गर्नुभएको हो । त्यसपछि जापान सरकारको छात्रवृत्ति पाएर जापानको टोकियो विश्वविद्यालयबाट मास्टर्स इन इन्फरमेशन टेक्नोलोजी डिग्री लिँदै छात्रवृत्ति मैं बेलायतको कैम्ब्रिज यूनिवर्सिटीबाट उहाँले इन्फरमेशन इन्जिनियरिङमा पिएच.डी. हासिल गर्नुभएको छ । पढाइ Read More
Together, we can build a Nepal where every voice matters, every citizen prospers, and democracy thrives.